Kathmandu Press

तालमेलको मोडालिटीबारे छलफल गर्न बालुवाटारमा गठबन्धन दलको बैठक

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहित गठबन्धनका सबै शीर्ष नेताहरुको सहभागिता छ। 
तालमेलको मोडालिटीबारे छलफल गर्न बालुवाटारमा गठबन्धन दलको बैठक

काठमाडौं, चैत २९ : सत्तारुढ गठबन्धन दलको बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा पौने ६ बजेदेखि बैठक सुरु भएको हो। अपराह्न ४ बजे बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो। 

आजको बैठकले स्थानीय तहमा गठबन्धनबीच तालमेलको मोडालिटीबारे छलफल भइरहेकाे बताइएको छ। बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहित गठबन्धनका सबै शीर्ष नेताहरुको सहभागिता छ। 

गठबन्धनका दलहरूले यसअघि नै देशभरि चुनावी तालमेल गर्न अपिल गरिसकेका छन्।

प्रकाशित मिति: १८:०१ बजे, मंगलबार, चैत २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्