Kathmandu Press

पनौतीमा १२ वर्षे हरिसिद्धि नाचको रौनक 

काठमाडौँ, २९ चैत : हरेक १२ वर्षमा देखाइने हरसिद्धि नाच देखाउन हरिसिद्धि नाचका देवगण पनौती पुगेका छन् । तीन दिनसम्म हुने उक्त नाच प्रहसन...
पनौतीमा १२ वर्षे हरिसिद्धि नाचको रौनक 

काठमाडौँ, २९ चैत : हरेक १२ वर्षमा देखाइने हरसिद्धि नाच देखाउन हरिसिद्धि नाचका देवगण पनौती पुगेका छन् । तीन दिनसम्म हुने उक्त नाच प्रहसन करिब १९ विधामा २९ देवगणले नाच प्रहसन गर्नेछन्। 

मंगलबार पनौती लाय्कु परिसर अघिको डबलीमा प्रहसन गरिएको थियो । नाच प्रहसनको दोस्रो दिन आज  बाली र ताराको युद्ध, राजा व्रिकमादित्य र अन्य चार राजाका युद्ध, तमन्ना ऋषि, नग्ना र दीचा, हात्ती–सिकुचो मद्यो आदि नाच प्रहसन गरियो ।

 

हरसिद्धि नाचलाई जलप्यांख पनि भनिन्छ ।  ललितपुरस्थित हरसिद्धिको पुरानो नाम जतल हो । जुन कालान्तरमा अपभ्रंश भई जल हुँदै हाल जनबोलीमा जलप्याँख हुन पुग्यो ।

हरिसिद्धिमा भने उक्त नाच मंसिर पूर्णिमा र फागु पूर्णिमा गरी दुई पटक देखाइन्छ । हरसिद्धि बाहिर भने १२ वर्षको एक  पटक मात्र नाच प्रहसनका लागि लगिन्छ।

गत चैत १८ गतेदेखि सुरु भएको  उक्त नाच यस अघि  नेपाल मण्डलको  धुलिखेल,  दोलखा, जयबागेश्वरीमा प्रहसन  भइसकेको  हरसिद्धि नाच गुठीका सदस्य राजेन्द्र महर्जनले जानकारी दिए। 


 

प्रकाशित मिति: १७:४६ बजे, मंगलबार, चैत २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्