स्थानीय निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति
काठमाडौं, चैत २९ : राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी स्थानीय तहको निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन्। मंगलबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै...
काठमाडौं, चैत २९ : राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी स्थानीय तहको निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन्।
मंगलबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालनको स्वीकृति दिएको जानकारी दिएको छ।
राष्ट्रिय सुरक्षा परिषद्को चैत १७ को सिफारिस र मन्त्रिपरिषद्को चैत २४ को सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालन गर्न स्वीकृत दिइएको राष्ट्रपतिको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: १७:१९ बजे, मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











