Kathmandu Press

भक्तपुर खेलकुद विकास समितिको अध्यक्षमा थापा नियुक्त

काठमाडाैं, चैत २९ : खेलकुद विकास परिषद् बागमती प्रदेशले भक्तपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा दीपक थापालाई मनोनयन गरेको छ । यसअघि अध्यक्ष नियुक्त...
भक्तपुर खेलकुद विकास समितिको अध्यक्षमा थापा नियुक्त

काठमाडाैं, चैत २९ : खेलकुद विकास परिषद् बागमती प्रदेशले भक्तपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा दीपक थापालाई मनोनयन गरेको छ । 

यसअघि अध्यक्ष नियुक्त भएका श्रीभक्त कासिछ्वालाई हटाएर सूर्य विनायक नगरपालिका–५ कटुञ्जे निवासी थापालाई अध्यक्ष पदमा मनोनयन गरेको हो ।

Hardik ivf

उनलाई प्रदेश खेलकुद विकास ऐन २०७५ को दफा १२ को उपदफा (१) तथा प्रदेश खेलकुद विकास नियमावली २०७६ को नियम ३ को उपनियम (१) मा व्यवस्था भएबमोजिम मनोनयन गरेको परिषद्ले जनाएको छ ।

थापालाई दुई वर्षका लागि मनोनयन गरिएको परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिए। 

प्रकाशित मिति: १७:०९ बजे, मंगलबार, चैत २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्