Kathmandu Press

पर्यटन क्षेत्रको विकास गर्न भक्तपुरमा शिव मन्दिर स्थापना

भक्तपुर, चैत  २९ : भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले निर्माण गरिएको धार्मिकस्थल शिव मन्दिरमा महायज्ञ लगाइने भएको छ। आज यसबारेमा...
पर्यटन क्षेत्रको विकास गर्न भक्तपुरमा शिव मन्दिर स्थापना

भक्तपुर, चैत  २९ : भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले निर्माण गरिएको धार्मिकस्थल शिव मन्दिरमा महायज्ञ लगाइने भएको छ। 

आज यसबारेमा जानकारी दिँदै श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मूल समारोह समितिका संयोजक भूपेन्द्र बुढाथोकीले ताथलीको फैढोकामा निर्माण गरिएको शिव मन्दिरमा रहेको शिवको मूर्तिमा प्राण प्रतिष्ठा गर्ने र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले वैशाख १ गतेदेखि महायज्ञ लगाउन लागेको जानकारी दिए। 

विसं २०७९ वैशाख १ गतेबाट हुने महायज्ञ ९ गते सम्पन्न हुने जानकारी दिँदै उनले महायज्ञमा राष्ट्रिय बालव्यास पं मुकुन्द नेपालले कथा प्रवचन गर्ने बताए। वैशाख १ गते नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वाध्यक्ष प्राडा रामचन्द्र गौतमको नेतृत्वमा कलश यात्रा गरिने संयोजक बुढाथोकीले बताए। 

प्रकाशित मिति: १७:०४ बजे, मंगलबार, चैत २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्