Kathmandu Press

तीनछाँगे झरनामा टिकटक बनाउनेले नगद पुरस्कार पाउने

ओखलढुङ्गा, चैत २९ : ओखलढुङ्गाको तीनछाँगे झरनाको प्रवद्र्धन गर्न उत्कृष्ट लेखरचना तयार गर्ने र टिकटक बनाउनेलाई नगद पुरस्कार दिइने भएको छ। सुनकोसी गाउँपालिका–९ को समृद्धि...
तीनछाँगे झरनामा टिकटक बनाउनेले नगद पुरस्कार पाउने

ओखलढुङ्गा, चैत २९ : ओखलढुङ्गाको तीनछाँगे झरनाको प्रवद्र्धन गर्न उत्कृष्ट लेखरचना तयार गर्ने र टिकटक बनाउनेलाई नगद पुरस्कार दिइने भएको छ। 

सुनकोसी गाउँपालिका–९ को समृद्धि र विकासका लागि ओखलढुङ्गा जिल्लाको चर्चित एवम् रमणीय तीनछाँगे झरनामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तीनछाँगेको विषयमा लेख, रचना, गीत, कविता तथा सामाजिक सञ्जालमार्फत फोटो, भिडियो र टिकटक बनाउने उत्कृष्ट तीन जनालाई नगदसहित पुरस्कृत गरिने भएको हो । 

Hardik ivf

तयार पारिएको सामग्री र त्यसको प्रभावका आधारमा पुरस्कार दिइने सुनकोसी गाउँपालिका–९ का वडाध्यक्ष झनककुमार कार्कीले बताउनुभयो । तीनछाँगेको इतिहास, वर्तमान अवस्था र मनोरम वातावरणमा रम्नुका फाइदाका विषयमा प्रचार सामग्रीसमेत तयार पार्न सकिने उनको भनाइ छ। 

नयाँ वर्ष–२०७९ को पहिलो दिन वैशाख १ गते वडा कार्यालयको सहयोगमा तीनछाँगे झरना प्रवद्र्धन समितिले तीनछाँगेको प्रचारप्रसारका लागि बृहत् साङ्गीतिक कार्यक्रमसहितको तयारी गरेको प्रवर्द्धन समितिका अध्यक्ष नरबहादुर सुनुवारले बताए। 

कार्यक्रममा स्थानीयवासीको जातीय पहिचान झल्काउने झाँकी, ककनीको अग्र्यानिक स्वादसहित स्वादिष्ट परिकारहरु, राष्ट्रिय फूल लालीगुराँस र तीनछाँगे झरनासँग रमाउन सकिने आयोजकले जनाएको छ । स्थानीय तहमा निर्वाचित भएपछि जनप्रतिनिधिले यस क्षेत्रको पर्यटन प्रवद्र्धन अभियान चलाएका छन् । सुनकोसी–९ को समृद्धि र विकासका लागि स्थानीय पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसारमा जोड दिइएको छ। 

पुरानो किंवदन्ती बोकेको धार्मिक तथा प्राकृतिक रमणीय स्थल तीनछाँगे विगतमा ओझेलमा थियो । त्यहाँसम्म पुग्ने बाटोसमेत थिएन। अहिले जनप्रतिनिधिकै पहलमा तीनछाँगेसम्म पुग्ने सहज बाटो र झरना अवलोकनका लागि पदमार्ग, काठे पुललगायत पूर्वाधार निर्माण गरिएको छ।

पूर्वाधार विकास र प्रचारप्रसार गरिएसँगै तीनछाँगेमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेको छ। 

प्रकाशित मिति: १७:०१ बजे, मंगलबार, चैत २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्