Kathmandu Press

ऊर्जामन्त्री भुसालसँग क्यानाडाका राजदूतको शिष्टाचार भेट

काठमाडौं, चैत २९ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि क्यानाडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेले शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा आज भएको...
ऊर्जामन्त्री भुसालसँग क्यानाडाका राजदूतको शिष्टाचार भेट

काठमाडौं, चैत २९ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि क्यानाडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेले शिष्टाचार भेट गरेका छन्। 

मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहयोगका विविधि विषयमा छलफल भयो ।

सो अवसरमा ऊर्जामन्त्री भुसालले विगतमा क्यानडाले नागरिक उड्डयन, ग्रामीण तथा पर्वतीय विकास, नवीकरणीय ऊर्जा एवं खाद्य सुरक्षाजस्ता क्षेत्रमा पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन्।  

उनले क्यानडामा ठूलो सङ्ख्यामा नेपालीको बसोबास रहेको उल्लेख गर्दै जनस्तरीय एवं सांस्कृतिक सम्बन्ध दुई देशबीचको महत्वपूर्ण पाटो भएको स्मरण गरिन्।

नेपालले स्वच्छ ऊर्जाको विकास र व्यापारलाई प्रवद्र्धन गरिरहेको अवस्थामा क्यानडाले आर्थिक एवं प्राविधिक सहयोग गर्न सक्ने उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, ‘विद्युत् खपतका लागि हाल प्रयोग हुँदै आएको पेट्रोलियम सार्वजनिक सवारी साधनलाई विद्युतीय साधनमा रुपान्तरण गर्दैछौँ । विद्युतीय ऊर्जा प्रयोग गरेर रासायनिक मल उत्पादन कम्पनी स्थापना गर्न चाहन्छौँ । यी क्षेत्रमा क्यानडाले आर्थिक तथा प्राविधिक सहयोग गर्न सक्छ।’

मन्त्री भुसालले नेपालको विकासमा क्यानडाले गर्दै आएको सहयोग निरन्तर रहने विश्वाससमेत व्यक्त गरिन्। उनले आपसी हितका विषयमा द्विपक्षीय र बहुपक्षीय मञ्चहरूमा नेपाल–क्यानडाको सहकार्य निरन्तर रहनेमा पनि विश्वास व्यक्त गरिन्।
    
भेटमा राजदूत म्याकेले स्वच्छ ऊर्जाको विकासमा नेपालले प्रशंसनीय काम गरिरहेको उल्लेख गर्दै आफ्नो देशको सरकारी एवं निजी क्षेत्रले सहकार्य गरेर नेपालमा आवश्यक पर्ने प्राविधिक सहकार्य गर्ने बताए। क्यानडाका निजी क्षेत्रले नेपालका निजी क्षेत्रसँग सहकार्य गर्ने उचित वातावरण सिर्जना गर्न आफूले पहल गर्ने उहाँले विश्वास दिलाए।
    
सो अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीको पनि उपस्थिति थियो । सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात् नेपाल र क्यानडाबीचको सम्बन्ध मैत्रीपूर्ण र सौहार्द रहँदै आएको छ। 

प्रकाशित मिति: १६:५३ बजे, मंगलबार, चैत २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्