हेटौंडा उपमहानगरको मेयरका लागि एमालेबाट तीन जनाको नाम सिफारिस

काठमाडौं, चैत २९ : नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि ३ जनाको नाम सिफारिस गरेको छ। मंगलबार बसेको उपमहानगर कमिटीको बैठकले वर्तमान मेयर हरिबहादुर महतसहित तीन जनाको नाम सिफारिस गरको हो।
सिफारिसमा परेका बाँकी दुई जनामा अनन्त पौडेल र गणेशकुमारी प्रधान रहेका छन्। पौडेल संविधानसभाका सदस्य हुने भने प्रधान जिल्ला समन्वय समितिकी सदस्य हुन्।
त्यस्तै उपमेयरमा सुमित्रा काफ्ले, आरती पाठक र ईन्द्र नेपालको नाम सिफारिस गरेको छ। हेटौँडा उपमहानगरपालिकामा २०४९ सालदेखि लगातार एमालेले जित्दै आएको छ।
प्रकाशित मिति: १६:३७ बजे, मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











