Kathmandu Press

सिनो हाइड्रो र मेलम्ची खानेपानी समितिबीच ‘हेडवक्र्स’ निर्माणको सम्झौता

काठमाडाैं, असोज २५ : मेलम्ची खानेपानी विकास समितिले मुहानस्थित ‘हेडवक्र्स’ निर्माणका लागि ठेक्का सम्झौता गरेको छ। 

सुरुङको ....

सिनो हाइड्रो र मेलम्ची खानेपानी समितिबीच ‘हेडवक्र्स’ निर्माणको सम्झौता
फाइल

काठमाडाैं, असोज २५ : मेलम्ची खानेपानी विकास समितिले मुहानस्थित ‘हेडवक्र्स’ निर्माणका लागि ठेक्का सम्झौता गरेको छ। 

सुरुङको बाँकी काम गर्ने ठेक्का पाएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो नै ‘हेडवक्र्स’ निर्माणका लागि छनोट भएको समितिका सूचना अधिकारी वरिष्ठ डिभिजनल इञ्जिनीयर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। 

निर्माण कम्पनीले १५ महिनामा ‘हेडवक्र्स’को काम सक्ने गरी समय दिइएको उनले बताए। ‘हेडवक्र्स’ निर्माणको लागत एक अर्ब दुई करोड रूपैयाँ हुनेछ। कम्पनीले १५ दिनमा स्थलगत अध्ययन गरी काम शुरु गर्ने गरी ठेक्का सम्झौता भएको छ। 

इटालियन निर्माण कम्पनी सिएमसीले गत वर्ष काम छोडेर हिँडेपछि ठेक्का सम्झौता रद्द गरी सिनो हाइड्रोलाई नै सुरुङको बाँकी काम गर्ने गरी छनोट गरिएको थियो।

सुरुङको बाँकी कामका लागि भने ७५ करोड रूपैयाँमा सम्झौता भएको छ। राजधानीमा बहुप्रतिक्षित मेलम्चीको पानी ल्याउने मिति पटकपटक सर्दै आएको छ। रासस

प्रकाशित मिति: १२:३२ बजे, शनिबार, असोज २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्