Kathmandu Press

एकीकृत विकास प्रक्रियामा नीति र ऐन बनाएर जाने विषयमा पछि पर्‍याैँ : खनाल 

काठमाडौं, चैत २९ : पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकीकृत सहरी विकासको गोष्ठी गर्न ढिला भए पनि महत्वपूर्ण विषय भएकाले यसमा छलफल आवश्यक रहेको बताए। सहरी विकास...
एकीकृत विकास प्रक्रियामा नीति र ऐन बनाएर जाने विषयमा पछि पर्‍याैँ : खनाल 

काठमाडौं, चैत २९ : पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकीकृत सहरी विकासको गोष्ठी गर्न ढिला भए पनि महत्वपूर्ण विषय भएकाले यसमा छलफल आवश्यक रहेको बताए। 

सहरी विकास मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐनर युटिलिटी कोरिडोर ऐन तर्जुमा सम्बन्धि परामर्श गोष्ठीमा उनले सिङ्गो विश्व नै एक सताब्दीदेखि सहरीकरणमा अघि बढेको र सन् २०५० सम्ममा संसारको ७० प्रतिशतभन्दा बढी सहरी क्षेत्रमा बसोबास गर्ने उनले बताए। उनले भने, ‘एकीकृत विकास प्रक्रियामा कस्तो नीति र ऐन बनाएर जाने भनेर पछि परेका छौँ।’ 

अझै पनि हाम्रा सहर व्यवस्थित हुन नसकेको पूर्वप्रधानमन्त्री खनालले बताए। हाम्रो देशमा २००७ सालदेखि सहरीकरण सुरु भएको र २०४६ सालपछि तीव्र भएको उनले बताए। 

संविधानअनुसार तीन तहको सरकार बनेपछि सङ्घीय राजधानी, प्रदेश राजधानी र पालिकाको केन्द्र पनि व्यवस्थित गर्दै जानुपर्नेमा उनको जोड छ। 

प्रकाशित मिति: १६:१९ बजे, मंगलबार, चैत २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्