Kathmandu Press

भरतपुर महानगरमा मेयरकाे उम्मेदवार कांग्रेसका २५ जना आकांक्षी

चितवन, चैत २९ : भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसबाट दुई दर्जन बढी आकांक्षी देखिएका छन् । प्रमुखमा २५ जना र उपप्रमुखमा २४...
भरतपुर महानगरमा मेयरकाे उम्मेदवार कांग्रेसका २५ जना आकांक्षी

चितवन, चैत २९ : भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसबाट दुई दर्जन बढी आकांक्षी देखिएका छन् । प्रमुखमा २५ जना र उपप्रमुखमा २४ जनाले महानगर नगर समितिमा नाम दर्ता गराएका छन् । 

महानगर प्रमुखका लागि केन्द्रीय सदस्य, पूर्वसांसद, बहालवाला जनप्रतिनिधि, पार्टीको जिल्ला तथा नगरको चुनावमा पराजित उम्मेदवारदेखि विजयी नेता आकांक्षी देखिएका छन्। कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरुङ, प्रदेश मन्त्री मिलनबाबु श्रेष्ठ, उपप्रमुख पार्वती शाह ठकुरी, पूर्व जिल्ला सचिव उत्तम जोशी, निवर्तमान कोषाध्यक्ष शङ्कर कँडेल, प्रदेश कोषाध्यक्ष दीर्घमान श्रेष्ठ, महानगर सभापति चित्रसेन अधिकारी र निर्वतमान महानगर सभापति भरत अधिकारी आकांक्षी छन्।

यस्तै पूर्व सांसद जगन्नाथ पौडेल, तारानाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, नीलकण्ठ रिजाल, गौरीकुमारी श्रेष्ठ, मीना कुमारी खरेल, सुवोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरुङ, प्रकाश अधिकारी, प्रा डा केशवभक्त सापकोटा, राजेन्द्र डोटेल, डा सूर्यकान्त घिमिरे, हीरामणि अधिकारी र घनश्याम दवाडी समेत महानगर प्रमुखको आकांक्षी हुन्। 

उपप्रमुख पदका लागि २४ जना आकांक्षी देखिएका छन् । टङ्कनाथ पौडेल, तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देवेन्द्र गुरुङ, पूर्णबहादुर गुरुङ, राजीव न्यौपाने, वीरेन्द्र केसी, भूपतिदास सापकोटा, केदारनाथ बराल र रवी भद्र शर्मा खनाल आकांक्षी छन्।

यस्तै सो पदका लागि अन्य आकांक्षीमा  निर्मलराज पौडेल, सुरवीर पोख्रेल, महेन्द्र श्रेष्ठ, एलिसा अधिकारी, सूर्यनाथ अधिकारी, गीता गुरुङ, विनु रायमाझी पौडेल, विजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र बिदुर केसी छन् । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले क्षेत्रबाट सिफारिस भई आएका नामलाई पार्टीको विधान अनुसार केन्द्रमा पठाइने बताए। 

प्रकाशित मिति: १६:०१ बजे, मंगलबार, चैत २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्