राष्ट्रियसभाका सदस्य नारायणप्रसाद दाहालले लिए सपथ
काठमाडौं, चैत २९ : राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहालले पद तथा गोपनियताको सपथ लिएका छन्। मंगलबार सिंहदरबारमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दाहाललाइ शपथ गराएका हुन्...
काठमाडौं, चैत २९ : राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहालले पद तथा गोपनियताको सपथ लिएका छन्।
मंगलबार सिंहदरबारमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दाहाललाइ शपथ गराएका हुन् । त्यस्तै अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई सङ्घीय संसद्को लोगो प्रदान गरेका थिए ।
सपथ पछि दाहालले देश र जनताप्रति गरेका प्रतिवद्धतालाई कानूनी र व्यवहारिक रुपमा कार्यान्वयन गर्न जोड दिने बताए । उनले समृद्ध नेपाल नारालाई साकार पार्न पनि प्रयत्न गर्ने र देशको राष्ट्रियतालाई आँच आउन नदिन डटेर लड्ने धारणा पनि राखे।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत २५ गते दाहाललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभा सदस्य मनोनीत गरेका हुन्। सरकारले नेपालको संविधानको धारा, ८६ को उपधारा, (२) को खण्ड (ख) बमोजिम उहाँलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।











