Kathmandu Press

१४ किलो गाँजासहित मोरङबाट एक पक्राउ 

काठमाडौं, चैत २९ : मोरङ प्रहरीले १४ किलो गाँजासहित एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका– १ लंकाटोल बस्ने ३२ वर्षीय मुन्ना...
१४ किलो गाँजासहित मोरङबाट एक पक्राउ 

काठमाडौं, चैत २९ : मोरङ प्रहरीले १४ किलो गाँजासहित एक पुरुषलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका– १ लंकाटोल बस्ने ३२ वर्षीय मुन्ना मलाहा रहेका छन्। उनलाई नेपालबाट लुकाइछिपाई १४ किलो गाँजा भारत लैजान लागेको अवस्थामा अस्थायी प्रहरी चौकी भेडियारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। 

पक्राउ परेका मलाहाविरुद्ध जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। 

प्रकाशित मिति: १२:३२ बजे, मंगलबार, चैत २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्