नेपालगन्ज उपमहानगरमा एमालको उम्मेदवार : मेयरमा मिश्र उपमेयरमा ढकाल
नेपालगन्ज, चैत २९ : नेकपा एमालेले बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयर उपमेयरमा उम्मेदवारको टुंगो लगाएको छ । एमाले नेपालगन्ज नगर कमिटीको बैठकले सर्वसम्मत रुपमा उम्मेदवारको...
नेपालगन्ज, चैत २९ : नेकपा एमालेले बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयर उपमेयरमा उम्मेदवारको टुंगो लगाएको छ । एमाले नेपालगन्ज नगर कमिटीको बैठकले सर्वसम्मत रुपमा उम्मेदवारको टुंगो लगाएको हो।
बैठकले मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकालको नाम सिफारिस गरेको हो। मिश्र हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूह छाडेर केही दिनअघि मात्रै नेकपा एमालेमा प्रवेश गरेका हुन् । त्यसअघि उनी तराई मधेश लोकतान्त्रिक पार्टीमा थिए ।
यसअघि उनी बाँके क्षेत्र नं २ बाट उम्मेदवार थिए । स्वतन्त्र राजनीतिक समूहका उनी सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित भए ।
हालै एमाले प्रवेश गरेपछि उनी एमालेको केन्द्रीय सदस्य बनेका थिए । उपमेयरमा सिफारिस ढकाल पनि एमालेको केन्द्रीय सदस्य हुन् ।
प्रकाशित मिति: ११:५३ बजे, मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











