Kathmandu Press

प्रचण्डकाे सर्कुलर : प्रत्येक जिल्लामा एक पालिका प्रमुख र पालिकामा एक वडाध्यक्ष महिला हुनुपर्ने 

काठमाडौं, चैत २९ : नेकपा माओवादी केन्द्रले स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्न देशभरका जिल्लाका कम्तिमा एक गाउँपालिकाको प्रमुख र पालिकाभित्र कम्तिमा एक...
प्रचण्डकाे सर्कुलर : प्रत्येक जिल्लामा एक पालिका प्रमुख र पालिकामा एक वडाध्यक्ष महिला हुनुपर्ने 

काठमाडौं, चैत २९ : नेकपा माओवादी केन्द्रले स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्न देशभरका जिल्लाका कम्तिमा एक गाउँपालिकाको प्रमुख र पालिकाभित्र कम्तिमा एक वडाध्यक्षको उम्मेदवार महिलालाई बनाउने भएको छ। 

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार विशेष सर्कुलर जारी गर्दै जितको सम्भावना भएको पालिकामध्य कम्तिमा एक पालिका प्रमुख वा अध्यक्ष र पालिकाभित्रका वडामध्य कम्तिमा एक अध्यक्षमा महिलालाई उम्मेदवार बनाउन निर्देशन दिएका हुन्। 

सर्कुलरमा वैशाख ५ गतेभित्र सबै स्थानीय तहको उम्मेदवार टुंग्याउन पनि निर्देशन दिइएको छ।  

माओवादीले उम्मेदवार सिफारिसको विधि र प्रक्रियासमेत तय गरेको छ।महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको नाम माओवादीको प्रदेश समितिहरूले सर्वसम्मत भए एकरएक जना र सर्वसम्मत नभए प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने छ। केन्द्रीय कार्यालयले उम्मेदवारको अन्तिम निर्णय गर्ने छ ।

त्यस्तै नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुको सिफारिस सम्बन्धित पालिका समितिहरूले गर्ने र सम्बन्धित जिल्ला समन्वय समितिहरूको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुङ्गो लगाउने छ । अनुमोदन भने केन्द्रीय कार्यालयले गर्ने छ।

वडा अध्यक्ष र सदस्यहरूको हकमा सम्बन्धित पार्टी वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्ने र प्रदेश समितिले अनुमोदन गर्नुपर्ने छ ।
 

प्रकाशित मिति: ११:२६ बजे, मंगलबार, चैत २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्