पेस्तोलसहित जनकपुरबाट दुई जना पक्राउ
जनकपुर, चैत २९ : अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर–९ घर भई हाल जनकपुरधाम–४...
जनकपुर, चैत २९ : अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर–९ घर भई हाल जनकपुरधाम–४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिसवा–१ घर भई हाल जनकपुरधाम–८ बस्ने १९ वर्षीय लोटस भन्ने अभिषेककुमार सिंह छन् ।
हातहतियार बोकी ज७प ७९३२ नंको पल्सर मोटरसाइकलमा रामानन्द चोकबाट प्रादेशिक अस्पतालतर्फ गइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शरीर खानतलासी गर्दा सिंहको साथबाट एक थान अटोमेटिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
पक्राउ परेका दुवै जनामाथि हातहतियार खरखजना अन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।
प्रकाशित मिति: १०:०७ बजे, मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












