चिनियाँ राष्ट्रपति सीको सवारी हुने सडकको प्रधानमन्त्री ओलीले गरे निरीक्षण
काठमाडौं, असोज २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ सवारी हुने सडकको निरीक्षण गरेका छन्।
प्रधान....

काठमाडौं, असोज २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ सवारी हुने सडकको निरीक्षण गरेका छन्।
प्रधानमन्त्री ओलीले शनिबार बिहान चिनियाँ राष्ट्रपति सी सवारी हुने सडकमा पुगेर स्थलगत निरीक्षण तथा जानकारी लिएका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओलीले शनिबार बिहान साढे ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टीमोडसम्मको सडकको निरीक्षण गरेका हुन्।
नेपालले राष्ट्रपति सीको दुई दिने राजकीय भ्रमणलाई उच्च महत्व दिएको छ। यस्तै, प्रधानमन्त्री ओलीले शुक्रबार साँझ चिनियाँ राष्ट्रपति सीको स्वागत गर्दा नेपाली कलाकारले प्रस्तुत गर्ने चिनियाँ संगीत पनि सुनेका थिए।
चिनियाँ राष्ट्रपति सी शनिबार साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यसूची छ। विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली लगायतले चिनियाँ राष्ट्रपति सीलाई स्वागत गर्ने छन्।











