आज चार प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, चैत २९ : पश्चिमी वायुको प्रभावले आज देशका चार प्रदशमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा आँशिक बदली रहेको छ। आज दिउसो प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने भएको छ।
प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशका पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदली रहनेछ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
प्रकाशित मिति: ०७:४८ बजे, मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











