सालको काठसहित चार जना पक्राउ
सुर्खेत, चैत २९ : जिल्ला प्रहरी कार्यालय, सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाको बाङ्गेसिमलबाट सालको काठ बरामद गरेको छ।पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्यचौकी भवनका पुरानो...
सुर्खेत, चैत २९ : जिल्ला प्रहरी कार्यालय, सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाको बाङ्गेसिमलबाट सालको काठ बरामद गरेको छ।
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्यचौकी भवनका पुरानो सालको काठ सल्यानको सल्लीबजार लैजाँदै गर्दा वीरेन्द्रनगरको बाङ्गेसिमल जाँच चौकीबाट प्रहरी टोलीले बरामद गरेको हो।
काठ लग्ने चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। उनले पञ्चपुरी नगरपालिका–८ सुर्खेत निवासी २० वर्षीय चालक तोरण विक, २१ वर्षीय प्रेम विक, भेरीगङ्गा नगरपालिका–९ सुर्खेत निवासी ३९ वर्षीय रामजी गुप्ता र सोही नगरपालिाका–६ निवासी ३५ वर्षीय कुलवीर विकलाई पक्राउ गरिएको बताए।
गुप्ताले व्यक्तिगत प्रयोजनका लागि भे १ ख १२४२ नंको मिनीट्रकमा सालकोटबाट सल्यानको सल्लीबजारतर्फ अवैधरूपमा काठ लैजाँदै गरेको प्रहरीले जनाएको छ।
बरामद भएको काठमा एक ढोका, पाँच साना, १५ ठूला झ्याल, अन्य फुटकर ४० पिस काठको टुक्रा रहेको जनाइएको छ।












