उदयपुरमा आमाछोरीको विभत्स हत्या
गाईघाट, असोज २५ : उदयरपुरमा आमा छोरीको विभत्स हत्या भएको छ।
त्रियुगा नागरपालिका–९ चौकीबारीमा गएराति ३२ वर्षीया शारदा चौधरी र उनक....

गाईघाट, असोज २५ : उदयरपुरमा आमा छोरीको विभत्स हत्या भएको छ।
त्रियुगा नागरपालिका–९ चौकीबारीमा गएराति ३२ वर्षीया शारदा चौधरी र उनकी ९ वर्षकी छोरी रचना चौधरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो।
शनिबार बिहानमात्रै चौधरीका छिमेकीले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयको टोली जघनास्थल पुगेको थियो। घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए।
मृतकका श्रीमान वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको र हत्या गर्ने व्यक्ति अझै पत्ता नलागेकाले सुनसरीबाट तालिमप्राप्त कुकुर झिकाएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११:५७ बजे, शनिबार, असोज २५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











