टेलिकमले ल्यायो नयाँ वर्ष अफर
काठमाडौं, चैत २८ : नेपाल टेलिकमले नयाँ वर्ष २०७९ को अवसरमा अफर ल्याएको छ। विश्वभर रहेका नेपालीहरुलाई हर्षोल्लासका साथ नयाँ बर्ष मनाउन सजिलो...
काठमाडौं, चैत २८ : नेपाल टेलिकमले नयाँ वर्ष २०७९ को अवसरमा अफर ल्याएको छ। विश्वभर रहेका नेपालीहरुलाई हर्षोल्लासका साथ नयाँ बर्ष मनाउन सजिलो होस्, भन्ने उद्देश्यले अनलिमिटेड डाटा र भ्वाइस सहितको नयाँ अफर ल्याएको नेपाल टेलिकमले जनाएको हो।
अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ। त्यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु.९८ मा खरिद गर्न सकिने छ।
यो अफर चैत २९ गतेदेखि बैशाख ३ गतेसम्म उपलब्ध हुनेछ। यसका साथै यो अफरमा रु. २०० देखि रु. ४९९ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र रु. ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको छ ।
*1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिनेछ।











