तीन जना मृत अवस्थामा फेला
काठमाडौं, चैत २८ : देशका विभिन्न भागमा गरी सोमबार तीन जना मृत अवस्थामा फेला परेका छन् ।मोरङको सुन्दरहरैचा नगरपालिका-६ बस्ने १७ वर्षीय अबिशेख...
काठमाडौं, चैत २८ : देशका विभिन्न भागमा गरी सोमबार तीन जना मृत अवस्थामा फेला परेका छन् ।
मोरङको सुन्दरहरैचा नगरपालिका-६ बस्ने १७ वर्षीय अबिशेख लिम्बु आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै भक्तपुर, सूर्यविनायक नगरपालिका-७ स्थित जंगलमा रहेको खाल्डोमा सोही ठाउँ बस्ने ४२ वर्षीय नारायणगोपाल श्रेष्ठ सोमबार मृत अवस्थामा फेला परे ।
यता कालिकोटको तिलागुफा नगरपालिका-२ रतडास्थित धौलागार्ड जंगलमा नाम, थर, नखुलेका पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १९:५१ बजे, सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












