Kathmandu Press

२५ लाख बराबरको सुनसहित विमानस्थलबाट तीन पक्राउ

काठमाडौं, चैत २८ : काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रु २५ लाखभन्दा बढी मूल्यको सुनको सिक्रीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।एयर अरेवियाको...
२५ लाख बराबरको सुनसहित विमानस्थलबाट तीन पक्राउ

काठमाडौं, चैत २८ : काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रु २५ लाखभन्दा बढी मूल्यको सुनको सिक्रीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एयर अरेवियाको उडानद्वारा काठमाडौँ आएका यात्रुहरूको गतिविधि शङ्कास्पद देखिएपछि जाँच गर्ने क्रममा तीनै जनाबाट सुन बदामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

Hardik ivf

प्रहरीले हरेकबाट ९९.९६ ग्राम तौल भएको सुनको सिक्री बरामद गरेको उनले बताए । बरामद सुनको सिक्रीसहित उनीहरूलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।

पक्राउ पर्नेमा रसुवाका ३२ वर्षीय सुकुराम लामा सोही ठाउँका २७ वर्षीय पेम्बा थोक्रा, र वर्ष २२ का बुद्धिमान तामाङ रहेका छन् । तीनै जनाले पाइन्टको  कम्मरको भागमा फल्स बटम बनाइ अवैध रूपमा सुन ल्याएका थिए ।

उक्त सुनको मूल्य रु २५ लाख ५६ हजारभन्दा बढी रहेको विमानस्थल सुरक्षा कार्यालयले आज एक सूचना जारी गरी जनाएको छ ।

प्रकाशित मिति: १९:०८ बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्