१०औं पटक सगरमाथा चढ्न लागेकी ल्हाक्पाको बिदाइ
काठमाडौं, चैत २८ : नेपाल पर्वतारोही संघ (एनएमए) ले पर्वतारोही ल्हाक्पा शेर्पालाई बिदाइ गरेको छ। एनएमएको कार्यालय नागपोखरीमा आयोजित एक कार्यक्रमबीच ४९ वर्षकी ल्हाक्पाले...काठमाडौं, चैत २८ : नेपाल पर्वतारोही संघ (एनएमए) ले सगरमाथा चढ्ने तयारी गरिरहेकी पर्वतारोही ल्हाक्पा शेर्पालाई बिदाइ गरेको छ।
एनएमएको कार्यालय नागपोखरीमा साेमबार आयोजित एक कार्यक्रमबीच ४९ वर्षकी ल्हाक्पाले यसअघि नौपटक सगरमाथा चढिसकेकी छन्। यो उनको १०औं पटकको आरोहण हो।
अमेरिकामा बस्दै आएकी उनले सर्वप्रथम सन् २००० मा सगरमाथा आरोहण गरेकी हुन्। उनले आउने शनिबार (अप्रिल १५) मा सगरमाथा आरोहण आरम्भ गर्नेछिन्।
‘नौ पटकसम्म सगरमाथा चढ्ने पहिलो नेपाली महिला’ का रूपमा ‘गिनिस बुक अफ वल्र्ड रेकर्ड’मा पनि उनको नाम दर्ता भएको एनएमएले जनाएको छ।
सगरमाथा पटकपटक आरोहण गर्नुको मुल उद्देश्य महिला सशक्तीकरण बढाई उनीहरूलाई हौसला दिनु रहेको ल्हाक्पा बताउँछिन्।
यस्तै योपटक उनकी कान्छी छोरी पनि उनीसँगै बेसक्याम्पसम्म जाने समेत उनले जानकारी दिएकी छन्। ‘१५ वर्ष अगाडी म सगरमाथा चढ्दा उनी मेरो गर्भमा आएको जम्मा दुई महिना भएको थियो्।
अहिले उनी मसँगै बेसक्यम्पसम्म जाने भएकी छन्,’ उनले भनिन्, ‘यसले युवाहरूलाई पर्वतारोणप्रति आकर्षित गर्ने मेरो विश्वास छ।’












