पाकिस्तानको २३ औँ प्रधानमन्त्रीमा शहबाज शरिफ निर्वाचित
काठमाडौं, चैत २८ : पाकिस्तानको प्रधानमन्त्रीमा मुस्लिम लिग (नवाज) का नेता शहबाज शरीफ निर्वाचित भएका छन् । उनले तल्लो सदन न्याश्नल असेम्ब्लीमा १७४ मत...
काठमाडौं, चैत २८ : पाकिस्तानको प्रधानमन्त्रीमा मुस्लिम लिग (नवाज) का नेता शहबाज शरीफ निर्वाचित भएका छन् ।
उनले तल्लो सदन न्याश्नल असेम्ब्लीमा १७४ मत पाएका थिए भने पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) का उम्मेदवार शाह महमुद कुरेशीले एक मत समेत पाएनन्। शरिफ पाकिस्तानको २३ औँ प्रधानमन्त्री निर्वाचित भएका हुन् ।
प्रधानमन्त्री पदका लागि शहबाज शरीफ पाकिस्तानको संयुक्त विपक्षको साझा उम्मेदवार रहेका थिए । यसअघि नेशनल असेम्बली सुरु हुनुबित्तिकै इमरान खानसहित पीटीआई पार्टीका सदस्यहरूले त्यहाँको संसदको तल्लो सदनबाट राजीनामा घोषणा गरेका थिए ।
सत्तरी वर्षीय शहबाज तीनपटक पाकिस्तानका प्रधानमन्त्री बनेका नवाज शरिफका भाइ समेत हुन् ।
प्रकाशित मिति: १८:३९ बजे, सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











