Kathmandu Press

साहित्यकार बस्न्यातको निधन

काठमाडाैं, चैत २८ : साहित्यकार ओमवीरसिंह बस्न्यातको ८० वर्षको उमेरमा निधन भएको छ।लामो समयदेखि हृदय रोगले पीडित उनको गत शुक्रबार संयुक्त राज्य अमेरिकाको...
साहित्यकार बस्न्यातको निधन

काठमाडाैं, चैत २८ : साहित्यकार ओमवीरसिंह बस्न्यातको ८० वर्षको उमेरमा निधन भएको छ।

लामो समयदेखि हृदय रोगले पीडित उनको गत शुक्रबार संयुक्त राज्य अमेरिकाको कोलोराडोमा निधन भएको हो।

Hardik ivf

उनका राष्ट्र निर्माता पृथ्वीनारायण शाह, आदिकवि भानुभक्त, युवक कवि मोतीराम, राष्ट्रकवि माधव घिमिरे, सगरमाथा आरोही प्रथम नेपाली महिला पासाङ ल्हामु, रारा ताललगायतका विषयमा महाकाव्य, खण्डकाव्यका साथै अन्य उपन्यास, कथा, कविता, गीत आदि गरी करिब डेढदर्जन कृति प्रकाशित छन्।

साहित्यिक पुरस्कार ‘बाबा-ओमवीरसिंह साहित्यिक पुरस्कारका संस्थापक कवि बस्न्यात आफू स्वयं पनि विभिन्न साहित्यिक पुरस्कार र सम्मानबाट सम्मानित थिए। लामो समय निजामती स्वास्थ्य सेवामा कार्यरत वरिष्ठ जनस्वास्थ्य अधिकृत बस्न्यातले २०१९-२०२० सालदेखि केही वर्षसम्म हुम्लामा रही स्वास्थ्य सेवा गरेका थिए।

उनको कोलोराडोमै सनातन हिन्दु परम्पराअनुसार अन्त्येष्ठि गरिएको परिवारजनबाट जानकारी प्राप्त भएको छ। काठमाडौं कालिमाटी निवासी स्व बस्न्यातका पत्नी, तीन छोरा र तीन छोरी हुनुहुन्छ । 

प्रकाशित मिति: १८:१० बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्