Kathmandu Press

लमजुङमा २२ मतदानस्थल अतिसंवेदलशील

लमजुङ, चैत २८ :  आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा यहाँका २२ मतदानस्थल अति संवेदनशील रहेका छन्।भौगोलिक अवस्था, शान्ति सुरक्षा र विगतका निर्वाचनका...
लमजुङमा २२ मतदानस्थल अतिसंवेदलशील

लमजुङ, चैत २८ :  आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा यहाँका २२ मतदानस्थल अति संवेदनशील रहेका छन्।

भौगोलिक अवस्था, शान्ति सुरक्षा र विगतका निर्वाचनका आधारमा जिल्लामा रहेका १२३ मतदानस्थलमध्ये सो सङ्ख्यालाई अतिसंवेदनशीलका रुपमा राखिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए। 

उनका अनुसार जिल्लामा मतदानस्थललाई तीन भागमा वर्गीकरण गरिएको छ। उक्त २२ मतदानस्थललाई अतिसंवेदनशील भनेर वर्गीकरण गरिएको छ भने ८० संवेदनशील र २१ वटा मतदानस्थललाई साधारण रुपमा वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्लाका आठ स्थानीय तहमध्ये चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह रहेका छन्। एक सय २३ मतदानस्थलमध्ये दूधपोखरी, क्व्होलासोथर, दोर्दी, मस्र्याङ्दी गाउँपालिकामा रहेका मतदानस्थल बढी अतिसंवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी वैद्यले बताए।

प्रकाशित मिति: १७:५६ बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्