Kathmandu Press

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक चैत ३० मा बस्ने

काठमाडाैं, चैत २८ : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही चैत ३० गते हुने भएको छ।पार्टी केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न हुने उक्त बैठकले...
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक चैत ३० मा बस्ने

काठमाडाैं, चैत २८ : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही चैत ३० गते हुने भएको छ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न हुने उक्त बैठकले स्थानीय तह निर्वाचनको घोषणापत्रलाई अन्तिम रुप दिइने बताइएको छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकसम्बन्धी आज एक सूचना जारी गर्र्दै केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई बैठकमा उपस्थित हुन आग्रह गरेका छन्।

प्रकाशित मिति: १७:४८ बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्