राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत
काठमाडाैं, चैत २८ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाँच मुलुकका गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। राष्ट्रपति भवन, शीतल निवासमा साेमबार अपराह्न...
काठमाडाैं, चैत २८ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाँच मुलुकका गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
राष्ट्रपति भवन, शीतल निवासमा साेमबार अपराह्न आयोजित विशेष समारोहमा अष्ट्रिया, हङ्गेरी, अर्जेण्टिना, क्यानडा र डोमिनिकन गणतन्त्रका राजदूत क्रमशः क्याथरिना विजर, आन्द्रेस लाज्लो किराली, ह्युगो हाभियर गोबी, क्यामरुन डीन म्याके र डेभिड पुइगले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।
उनीहरू सबैजना भारतका लागि तत् देशका आवसीय राजदूत हुन्, उनीहरू सबैले नयाँदिल्लीबाटै नेपाल मामिला सम्हाल्छन्।
त्यस अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो।
प्रकाशित मिति: १७:४४ बजे, सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











