Kathmandu Press

अर्थतन्त्रमा संकट छैन, अनावश्यक हल्ला नगरौं : अर्थमन्त्री शर्मा

काठमाडाैं, चैत २८ : अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा कुनै पनि सङ्कट नआएको बताएका छन्। अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'हालसम्म...
अर्थतन्त्रमा संकट छैन, अनावश्यक हल्ला नगरौं : अर्थमन्त्री शर्मा

काठमाडाैं, चैत २८ : अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा कुनै पनि सङ्कट नआएको बताएका छन्। अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'हालसम्म उपलब्ध विवरणका आधारमा पनि अर्थतन्त्रमा ठूलो संकट आएको छैन।'

अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताउनुपर्ने बताउँदै उनले  व्यवसायी र जनतालाई हतोत्साही बनाउने गरी प्रचार भइरहेको भन्दै त्यस्तो नगर्न आग्रह गरे। 

अर्थतन्त्रलाई नियमति बनाउन सरकार सतर्क भएर लागिपरेको उनको भनाइ छ । मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिने उद्देश्यले आज पत्रकार सम्मेलनको आयोजना गरिएको अर्थसचिव मधुकुमार मरासिनीले जानकारी दिए।

प्रकाशित मिति: १७:३७ बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्