Kathmandu Press

आयोगले शशांक काेइराला र एकीकृत समाजवादीलाई साेध्याे स्पष्टीकरण

काठमाडौं, चैत २८ : निर्वाचन आयोगले नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ। चुनाव खर्चबारे दिएको अभिव्यक्तिलाई लिएर उनलाई आयोगले स्पष्टीकरण...
आयोगले शशांक काेइराला र एकीकृत समाजवादीलाई साेध्याे स्पष्टीकरण

काठमाडौं, चैत २८ : निर्वाचन आयोगले नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ। चुनाव खर्चबारे दिएको अभिव्यक्तिलाई लिएर उनलाई आयोगले स्पष्टीकरण सोधेको हो।

नेविसंघ इलाम–काठमाडौं सम्पर्क समितिले गत शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै डा. कोइरालाले २०७४ को प्रतिनिधिसभा चुनावमा ६ करोडभन्दा बढी खर्च भएको बताए थिए।

आयोगमा पेस गरिएको विवरणमा भने २१ लाख ७५ हजार मात्र उल्लेख रहेको भन्दै आयोगले त्यसबारे सात दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको छ। उनी नवलपरासी–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।

यसैगरी आयोगले नेकपा एकीकृत समाजवादीलाई पनि स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। 

गत शनिवार भृकुटीमण्डपमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीले आचारसंहिता उल्लङ्घन गरेको उजुरी आयोगमा परेपछि तीन दिनभित्र जवाफ दिन भन्दै पत्र पठाइएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए। 

स्थानीय निर्वाचनका लागि २८ जिल्लाको ४५ लाख २२ हजार मतपत्र छपाइ कार्य सम्पन्‍न भएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । त्यस्तै सवै निर्वाचन अधिकृतले पाउनेगरि एक एक प्रति मतदाता नामावली पठाएसकेको उनले बताए।

त्यस्तै निर्वाचन आचारसंहिता लागू हुनुअघिसम्म २३ हजार ८ सय मतदाता थपिएको आयोगले जनाएको छ। केन्द्रबाट खरिद गर्नुपर्ने ३८ सामाग्री मध्ये ३५ सामाग्री खरिद भइ आइसकेको र अन्य सामाग्री आउने क्रममा रहेको आयोगले जानकारी दिएको छ। 

प्रकाशित मिति: १७:०० बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्