देशभर थप २२ जनामा कोरोना संक्रमण
काठमाडाैं, चैत २८ : नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ३ हजार ९ सय ७२ पिसिआर परिक्षणका क्रममा २२...
काठमाडाैं, चैत २८ : नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ३ हजार ९ सय ७२ पिसिआर परिक्षणका क्रममा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको र १ हजार १ सय ७२ एन्टीजेन परिक्षणमा कसैमा पनि कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै सोमबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ।
त्यस्तै थप ४६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७४ जना निको भएका छन्।
हाल नेपालमा ५ सय ६८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: १६:३७ बजे, सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












