Kathmandu Press

लघु उद्यमीहरूको राष्ट्रिय सम्मेलन सुरु

काठमाडाैं, चैत २८ : लघु उद्यमीहरूको दुई दिने राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौंमा सुरु भएको छ।सम्मेलनको नेपाल राष्ट्र बैंकका कामु गभर्नर डा.निलम ढुङ्गाना तिमिल्सिनाले...
लघु उद्यमीहरूको राष्ट्रिय सम्मेलन सुरु

काठमाडाैं, चैत २८ : लघु उद्यमीहरूको दुई दिने राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौंमा सुरु भएको छ।

सम्मेलनको नेपाल राष्ट्र बैंकका कामु गभर्नर डा.निलम ढुङ्गाना तिमिल्सिनाले उद्घाटन गरिन्। सम्मेलनमा देश भरका ७७ वटै जिल्लाका करिब ८ सय लघु उद्यमी संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

सम्मेलनको उद्घाटन गर्दै कामु गभर्नर डा. ढुङ्गानाले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या छिटै समाधान हुने विश्वास व्यक्त गरे। उनले लघुवित्तको माध्यबाट देशमा महिलाको आर्थिक सामाजिक अवस्थामा सुधार गर्न पनि उल्लेखनीय सहयोग पुगेको बताए।

सम्मेलनमा लघुवित्तहरूले हाल भोग्नुपरेका समस्या, उनीहरूले देशको अर्थतन्त्र र गरिबी निवारणको क्षेत्रमा पु¥याएको योगदान र ग्रामीण क्षेत्रको विकासमा पुर्‍याएको योगदान लगायतका विषयमा विभिन्न कार्यपत्रहरू प्रस्तुत गरी छलफल हुने बताएको छ।

दुई दिनसम्म चल्ने सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्नेछ। 

 

प्रकाशित मिति: १६:२८ बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्