वाणिज्य विभागको महानिर्देशकमा लिलाप्रसाद शर्मा
काठमाडौं, चैत २८ : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लिलाप्रसाद शर्मालाई वाणिज्य विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । विभागमा महानिर्देशकका रुपमा कार्यरत प्रेमकुमार श्रेष्ठलाई...
काठमाडौं, चैत २८ : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लिलाप्रसाद शर्मालाई वाणिज्य विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । विभागमा महानिर्देशकका रुपमा कार्यरत प्रेमकुमार श्रेष्ठलाई हटाएर मन्त्रालयले शर्मालाई महानिर्देशकको जिम्मेवारी तोकेको हो।
सरकारले आचारसंहिता लागु हुनअघि नै कर्मचारी हेरफेर गरेको थियो । भ शर्मा प्रधानमन्त्री शेरबहादुर देउवा र नवनियुक्त उद्योग तथा वाणिज्यमन्त्री दिलेन्द्र प्रसाद बडु निकटस्थ हुन् ।
८ महिनादेखि नेतृत्वविहीन बनेको मन्त्रालयमा सुदूरपश्चिमका नेता बडुले नयाँ जिम्मेवारी पाएसँगै कैलालीका शर्मालाई विभागको नेतृत्वमा ल्याएका हुन् ।
शर्माले गत वर्ष मात्रै खुल्लामा सहसचिवमा नाम निकालेका थिए ।
प्रकाशित मिति: १६:१५ बजे, सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











