Kathmandu Press

प्रधानमन्त्री देउवाले भने- गभर्नर हटाउने निर्णय उपयुक्त

काठमाडौं, चैत २८ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनकाे सरकारी निर्णय उपयुक्त भएको बताएका छन्।गभर्नर...
प्रधानमन्त्री देउवाले भने- गभर्नर हटाउने निर्णय उपयुक्त

काठमाडौं, चैत २८ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनकाे सरकारी निर्णय उपयुक्त भएको बताएका छन्।

गभर्नर अधिकारीको निलम्बनलाई लिएर चौतर्फी रूपमा सरकारको विरोध भइरहेका बेला प्रधानमन्त्री देउवाले सरकारलाई असहयोग गरेका कारण गभर्नरलाई कारबाही गरेको बताएका हुन्। 

आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा सो विषयमा बोलेका हुन्। सत्तारूढ दलकै नेताहरूले गभर्नरलाई हटाइएको विषयबारे प्रश्न उठाएका थिए।

उनीहरूलाई जवाफ दिँदै प्रधानमन्त्री देउवाले गभर्नर हटाउने सरकारी निर्णय सही भएको दाबी गरेको बैठकमा सहभागी एक नेताले बताए।

उनका अनुसार आजको बैठकमा कांग्रेस महामन्त्री गगनकुमार थापा, माओवादी केन्द्रका नेता वर्षमान पुनले गभर्नरमाथि थालेको कारबाहीबारे सवाल उठाउँदा प्रधानमन्त्री देउवाले भने गभर्नर अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई असहयोग गरेको कारण कारबाही गरिएको जवाफ दिएका हुन्।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो। सोही बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति पनि गठन गरेको थियो।
 

प्रकाशित मिति: १६:०९ बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्