Kathmandu Press

चिनियाँ राष्ट्रपतिको सवारी हुँदा सडक छेउमा उभिन र हिँडडुल गर्न नपाइने

काठमाडौं, असोज २५ : चिनियाँ राष्ट्रपति सी चिनफिङको सवारीका क्रममा सडकका किनारा पनि खाली गराइने भएको छ। 

चिनियाँ राष्ट्रपति सी....

चिनियाँ राष्ट्रपतिको सवारी हुँदा सडक छेउमा उभिन र हिँडडुल गर्न नपाइने

काठमाडौं, असोज २५ : चिनियाँ राष्ट्रपति सी चिनफिङको सवारीका क्रममा सडकका किनारा पनि खाली गराइने भएको छ। 

चिनियाँ राष्ट्रपति सी दुई दिने नेपालको राजकीय भ्रमणका लागि शनिबार अपरान्ह काठमाडौं आइपुग्दै छन्। चिनियाँ राष्ट्रपति सी भारतबाट सिधैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन्। 

राष्ट्रपति सीको सवारी हुँदा सडकका दुबै किनारा खाली गराइने छ भने सडकमा हिँडडुल र उभिएर हेर्न पनि रोक लगाइएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले राष्ट्रपति सीको सवारीका क्रममा सुरक्षाका कारण सडकका दुवै किनारा खाली गराइने बताए। 

उनका अनुसार राष्ट्रपति सीको सवारी हुने रुट पूर्णरुपमा खाली गराइने छ। चिनियाँ राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर सिधैं होटल सोल्टी जाने कार्यतालिका छ। 

होटलमा केहीबेर आराम गरेपछि चिनियाँ राष्ट्रपति सी नेपालका समकक्षी विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुग्ने छन्।

राष्ट्रपति भण्डारीसँगको भेटपछि सी होटल सोल्टीमै फर्किने छन् भने आजै साँझ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ। 
 

प्रकाशित मिति: ११:२३ बजे, शनिबार, असोज २५, २०७६