Kathmandu Press

नेप्सेमा ४४.६४ अंककाे गिरावट

नेप्सेमा ४४.६४ अंककाे गिरावट

काठमाडौं, चैत २८ : सेयर बजार परिसूचक नेप्से आज (सोमबार) आज ४४.६४ अंकले घटेको छ।

सो अंकको गिरावटपछि नेप्से २ हजार ४ सय १९ दशमलव ७१ बिन्दुमा झरेको छ। गभर्नर महाप्रसाद अधिकारी निलम्बन भएपछि आज सेयर बजारमा पहिलो कारोबार भएको हो।

आज सबै समूहको सेयर घटेकोमा जीवन बिमा, निर्जीवन बिमा, उत्पादन, होटल तथा पर्यटन, जलविद्युत, विकास बैंक, व्यापार, फाइनान्स माइक्रोफाइनान्स समूहको सेयरमा उच्च अंकले ओरालो लागेको छ।

बैंकिङ १४, विकास बैंक ६४, फाइनान्स ४५, होटल तथा पर्यटन ६९, जलविद्युत ६०, जीवन बीमा ४३१, उत्पादन १२८, माइक्रोफाइनान्स ५१, निर्जीवन बीमा १५५, अन्य ९१ र व्यापार उपसमूह ६४ अंकले घटेको छ।

आज आज दुई सय ३३ कम्पनीको कुल २ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ। सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

कुल १७ कम्पनीको मूल्य बढ्यो भने १७६ को घट्यो, २ को स्थिर रह्यो।

सेयर बजार दोहोरो अंकले घटेकै दिन इमर्जिङ नेपालको सेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशत र राष्ट्र उत्थान लघुवित्तको सेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ। 

समग्र बजार घटे पनि नेस्डो र जालपा लघुवित्तको सेयर भने १० प्रतिशतले बढेको छ। 

प्रकाशित मिति: १५:४६ बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्