Kathmandu Press

सुरक्षा निकायलाई स्रोतसाधनयुक्त बनाउने सरकारको योजना : गृहमन्त्री खाँण

काठमाडाैं, चैत २८ : गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा निकायलाई पर्याप्त स्रोतसाधनयुक्त बनाउने सरकारको योजना रहेको बताएका छन्। सोमबार सिंहदरबारमा आर्थिक वर्ष २०७७/७८ मा बेरुजु फर्छ्याेट...
सुरक्षा निकायलाई स्रोतसाधनयुक्त बनाउने सरकारको योजना : गृहमन्त्री खाँण

काठमाडाैं, चैत २८ : गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा निकायलाई पर्याप्त स्रोतसाधनयुक्त बनाउने सरकारको योजना रहेको बताएका छन्। 

सोमबार सिंहदरबारमा आर्थिक वर्ष २०७७/७८ मा बेरुजु फर्छ्याेट कार्यमा सर्वोकृष्ट/उत्कृष्ट हुने कर्मचारी र अवकाशमा जान लागेका सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई सम्मान कार्यक्रममा गृहमन्त्री खाँणले सीमित स्रोत र साधनलाई उपयोग गरेर अहिलेसम्म प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय रहेको भन्दै आगामी दिनमा पर्याप्त स्रोत र साधनयुक्त बनाउने सरकारको योजना रहेको बताएका हुन्।

उनले आगामी दिनमा पनि सुरक्षा निकायले योभन्दा राम्रो काम गर्ने अपेक्षा आफूले राखेको बताए। बेरुजु फर्छ्याेटमा गम्भीर हुन र बजेटलाई नियमसंगत खर्च गर्न थप मेहनत गर्नुपर्ने उनको भनाइ थियाे।

त्यस्तै अवकास पाउन लागेका सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले  सुशासन काम गर्न र मुलुकको सुरक्षाका साथै विकास निर्माणमा सशस्त्र प्रहरीलाई गरिएको सहयोगप्रति आभार व्यक्त गरे। 

कार्यक्रममा तत्कालिन गृहसचिव महेश्वर न्यौपानेलाई १० हजार, प्रहरी महानिरीक्षक शैलेश थापालाई १० हजार, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई १० हजार, राष्ट्रिय किताव खाना (प्रहरी)का उपमहानिर्देशक शान्ता अधिकारी भट्टराईलाई १० हजार नगदसहित सम्मान गरे।

त्यस्तै अन्य निकायका कर्मचारीहरुलाई पनि नगदसहित सम्मान गरिएको थियो।

प्रकाशित मिति: १५:०० बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्