Kathmandu Press

निर्वाचनको वातावरण बनाउन सरकार गम्भीर हुनुपर्छ : सभामुख सापकोटा

काठमाडाैं, चैत २८ : सभामुख अग्नि सापकोटाले निर्वाचनको वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन्।राष्ट्रिय सूचना आयोगले सोमबार ललितपुरमा आयोजना गरेको निर्वाचनको प्रक्रियामा सही...
निर्वाचनको वातावरण बनाउन सरकार गम्भीर हुनुपर्छ : सभामुख सापकोटा

काठमाडाैं, चैत २८ : सभामुख अग्नि सापकोटाले निर्वाचनको वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

राष्ट्रिय सूचना आयोगले सोमबार ललितपुरमा आयोजना गरेको निर्वाचनको प्रक्रियामा सही सूचना प्रवाह विषयक अन्तरक्रियामा सभामुख सापकोटाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मुलुककै महान उत्सव भएको भन्दै स्वच्छ र निष्पक्ष निर्वाचनको वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने बताएका हुन्।

निर्वाचनको वातावरण छैन भनेर निरास हुने ठाउँ नरहेको भन्दै उनले निर्वाचन सम्पन्न गर्न ३३ दिन पर्याप्त हुने धारणा राखे।

उनले निर्वाचनलाई सफल पार्न निष्ठा र इमान्दारीपूर्वक लाग्नुपर्ने धारणा राखे। संविधानलाई माथि उठाउने र निर्वाचनमा सहभागिता जनाउने विषयमा राजनीतिक दलहरु पनि गम्भीर हुनुपर्ने उनको भनाइ छ।

सभामुख सापकोटाले राजनीतिक दलहरू पारदर्शी र जवाफदेशी ढंगले जानुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १४:४६ बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्