Kathmandu Press

जापान जान लागेकी महिला विमानस्थलबाट गोलीसहित पक्राउ

काठमाडाैं, चैत २८ : जापान जान लागेकी एक महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित पक्राउ परेकी छन्। उनलाई आइतबार राति प्रहरीले अन्तर्राष्ट्रिय उडानको प्रस्थान...
जापान जान लागेकी महिला विमानस्थलबाट गोलीसहित पक्राउ
Hardik ivf

काठमाडाैं, चैत २८ : जापान जान लागेकी एक महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित पक्राउ परेकी छन्। उनलाई आइतबार राति प्रहरीले अन्तर्राष्ट्रिय उडानको प्रस्थान कक्षबाट पक्राउ गरेको हो।  

पक्राउ पर्ने महिला तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपाली रहेको प्रहरीले जनाएको छ। नेपाल एयरलाइन्सको उडानद्वारा क्वालालाम्पुर हुँदै उनी जापान जान लागेकी थिइन्।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनले बोकेको हाते ब्यागबाट एक थान गोली बरामद भएको छ। उनलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:२६ बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्