Kathmandu Press

मुख्य रजिष्ट्रार कुँवर एक महिने बिदामा 

काठमाडौं, चैत २८ : उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेपछि असन्तुष्ट बनेका सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले एक महिना लामो घर बिदा लिएका छन्।उनी...
मुख्य रजिष्ट्रार कुँवर एक महिने बिदामा 

काठमाडौं, चैत २८ : उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेपछि असन्तुष्ट बनेका सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले एक महिना लामो घर बिदा लिएका छन्।

उनी यसअघि पनि एक साता बिदामा बसेका थिए। चैत २५ देखि वैशाख २५ सम्म एक महिनाको बिदा स्वीकृत गराएर उनी बिदा बसेको सर्वोच्च स्रोतले जनाएको छ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीबाट बिदा स्वीकृत भइसकेको छ। कुँवरले मुख्य रजिष्ट्रारबाट न्यायाधीश पदमा जान अस्वीकार गरेका थिए।

न्याय परिषद्ले कुँवरलाई उच्च अदालतको न्यायाधीश बनाउने निर्णयपछि कुँवर असन्तुष्ट छन्। गत चैत २५ गते कुँवरलाई तीन दिनभित्र उच्च अदालतमा हाजिर हुन कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले पत्र थमाएका थिए।

कुँवर सोही दिनबाटै एक महिना लामो घर बिदामा बसेका हुन्।

प्रकाशित मिति: १४:१२ बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्