चिनियाँ राष्ट्रपति सी आउँदा साढे दुई घण्टा विमानस्थल बन्द
काठमाडौं, असोज २५ : चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा दुई साढे दुई घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ।
द....

काठमाडौं, असोज २५ : चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा दुई साढे दुई घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ।
दुई दिने नेपालको राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी शनिबार साँझ ४ बजेर ५५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। सी अवतरण गर्दा झण्डै साढे दुई घण्टा विमानस्थल बन्द भएको थियो।
विमानस्थल कार्यालयका अनुसार चिनफिङको जहाज उडान र अवतरणका समयमा आइतबार पनि साढे दुई घण्टाभन्दा बढी विमानस्थलको उडानरअतवरण बन्द गरिने छ।
विमानस्थल कार्यालयले शुक्रबार नै नोटिस टू एयरमेन (नोटाम) जारी गरी शनिबार २ः५५ देखि ५ः२५ सम्मका लागि सबै व्यवसायिक उडान स्थगन गरिएको जनाइसकेको थियो। यस्तै, सी फर्किंदा आइतबार बिहान ११ः२० देखि १ः५० सम्म पनि विमानस्थल बन्द हुनेछ।
विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले शनिबार र आइतबारको उडानबारे नोटाम जारी गरिएको बताए। विमानस्थलले नोटाम जारी गरेपछि कुनै पनि वायुसेवाले उडान/अवतरण गर्न पाउने छैनन्। नोटामले उडान नगर्न भनेको समयमा पर्ने उडानलाई अघि वा पछाडि सार्नुपर्ने छ। जसका कारण विमानस्थलमा भने २४ घण्टा उडानरअवतरण प्रभावित हुनेछ।











