Kathmandu Press

हेलिकप्टर प्रयोग गरी पर्यटकको  उद्वार

रसुवा, चैत २८ : हिमाली पदयात्राका क्रममा बिरामी परेका एक पर्यटकलाई हेलिकप्टर प्रयोग गरी उद्धार गरिएको छ।राहदानी नम्बर ३३१६२३२२  इजरायली नागरिक ओेरेन जैव इडेनलाई डानेष्टिक...
हेलिकप्टर प्रयोग गरी पर्यटकको  उद्वार

रसुवा, चैत २८ : हिमाली पदयात्राका क्रममा बिरामी परेका एक पर्यटकलाई हेलिकप्टर प्रयोग गरी उद्धार गरिएको छ।

राहदानी नम्बर ३३१६२३२२  इजरायली नागरिक ओेरेन जैव इडेनलाई डानेष्टिक एअरको हेलिकप्टरद्वारा रसुवाको चन्दनबारीबाट उद्धार गरी काठमाडौँ पुर्‍याइएको  हो।

Hardik ivf

हिमाली पदयात्राका क्रममा आइतबार गोसाइँकुण्डमा बिरामी परेका पर्यटकलाई आज बिहान मात्र उद्धार गरिएको चन्दनबारीस्थित होटल रेडपान्डाका ङवाङ फिन्जो तामाङले जानकारी दिए। चन्दनबारीमा उक्त होटलको मात्र हेलिप्याड छ ।

आइतबार उच्च भागमा दिनभर  प्रतिकूल मौसमका कारण हेलिकप्टरले गोसाइँकुण्डको अवतरण गर्न नसकेपछि ती पर्यटकलाई  स्थानीय होटल व्यवसायी समेतको सहयोगमा  साँझ चन्दनबारी ल्याई आज काठमाडौँ पठाइएको  बताइएको छ।

उद्धार गरिएका पर्यटकको अहिले काठमाडौँको कालोपुलस्थित स्वागन अस्पताल उपचार भइरहेको डानेष्टिक एअरका उडान प्रबन्धक दावा शेर्पाले बताउनुभयो ।

दुईजना साथी मिलेर पदयात्रामा हिँडेका ती इजरायली पर्यटकमा शनिबार १४ हजार ३८० मिटरको उच्च भागमा गोसाइँकुण्ड पुगेपछि टाउको दुख्ने समस्या भएको थियो । उपचारपश्चात् ती पर्यटकको शारीरिक अवस्था सामान्य बन्दै गएको बताइएको छ।

हिमाली पदयात्राका क्रममा कुनै  पर्यटक बिरामी पर्दा वा यात्राको सहजीकरण गर्नु परेमा  स्याफ्रुबेँसीस्थित पर्यटन प्रहरी  एवं जिल्ला प्रहरी कार्यालयलाई खबर गरी दिन आग्रह गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:४४ बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्