बिस्का जात्राको दोस्राे दिन : भैरव र भद्रकालीको रथमा पूजाआजा
भक्तपुर, चैत २८ : भक्तपुरको प्रसिद् ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छविकालीन बिस्का जात्राको दोस्राे दिन सोमबार भैरव र भद्रकालीको रथमा पूजाआजा गरिएको छ।स्थानीय भक्तजनले...
भक्तपुर, चैत २८ : भक्तपुरको प्रसिद् ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छविकालीन बिस्का जात्राको दोस्राे दिन सोमबार भैरव र भद्रकालीको रथमा पूजाआजा गरिएको छ।
स्थानीय भक्तजनले बिहानैदेखि भैरव र भद्रकालीमा पूजाआजा गरेका हुन्। नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिन पछिसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गर्दछन्।
यसअघि बिस्का जात्राको रथ तान्ने क्रममा आइतबार राति भएको ढुंगा हानाहानमा २० जना घाइते भएको प्रहरीले जनाएको छ।
जात्रामा तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरवको रथ टौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाले आआफ्नो क्षेत्रमा लैजाने तान्ने परम्परा छ।
यसपछि चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिंगाे उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ।
यसदिन जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वास रहेको छ। त्यसैले पनि यो जात्रालाई शत्रुहन्त जात्रा पनि भन्ने गरिन्छ।














