सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले स्वागत गर्ने
काठमाडौं, असोज २५ : चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने नेपालको राजकीय भ्रमणमा आउँदै छन्।
चिनफिङ शनिबार साँझ ५ बजे त्रिभुवन अन्....

काठमाडौं, असोज २५ : चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने नेपालको राजकीय भ्रमणमा आउँदै छन्।
चिनफिङ शनिबार साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण गर्ने कार्यक्रम छ। चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा ओर्लिदा स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विमानस्थल पुग्ने भएका छन्।
दुई दिने नेपाल भ्रमणमा आउन लागेको सी आइतबार दिउँसो स्वदेश फर्किने कार्यक्रम छ। चिनियाँ राष्ट्रपति सी विमानस्थलमा ओर्लेपछि सिधैँ सोल्टीमोडस्थित होटल सोल्टी जाने छन्।
केहीबेर आराम गरेपछि चिनियाँ राष्ट्रपति सी नेपालका समकक्षी विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुग्ने छन्।
राष्ट्रपति भण्डारीसँगको भेटपछि सी होटल सोल्टीमै फर्किने छन् भने आजै साँझ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ।











