Kathmandu Press

राधाकृष्ण मन्दिरमा अक्षयकोष स्थापना

राधाकृष्ण मन्दिरमा अक्षयकोष स्थापना

गलेश्वर, चैत २८ : म्याग्दीको एउटा मन्दिरमा रु साढे सात लाखको अक्षयकोष स्थापना गरिएको छ ।

बेनी नगरपालिका–२ खबराको राधाकृष्ण मन्दिरमा रामनवमी पर्वका अवसरमा स्थानीयवासीले चन्दा सङ्कलन गरेर नित्य पूजा सञ्चालनलगायत अन्य परोपकारी कार्यका लागि अक्षयकोष स्थापना गरेका हुन् । सोही अवसरमा चन्दादातालाई सम्मान गर्दै समाजसेवी भद्रबहादुर कार्कीले मन्दिरले समुदायको एकतालाई थप बलियो बनाएको बताए।

सम्मान कार्यक्रममा वडाध्यक्ष हिराबहादुर थापा, वडा सचिव राजाराम शर्मा, स्थानीयवासी दलबहादुर घिमिरे, यज्ञका प्रमुख पण्डित टीकानन्द सुवेदीलगायत स्थानीय सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति  थियो । श्रीमद्भागवत ज्ञान महायज्ञबाट सङ्कलित रकम कोषमा राखिएको मन्दिर सञ्चालक समितिका अध्यक्ष हिराबहादुर घिमिरेले बताए । मन्दिरको चौतर्फी विकासका लागि अक्षयकोषले थप सहज बनाएको उनको  भनाइ थियो। 

प्रकाशित मिति: १२:२२ बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्