Kathmandu Press

प्रतितोला २०० ले घट्यो सुनको मूल्य

प्रतितोला २०० ले घट्यो सुनको मूल्य

काठमाडौं, चैत २८ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु एक लाख १०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख ३०० मा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ६०० तोकिएको छ । यसको मूल्य आइतबार प्रतितोला ९९ हजार ८०० थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार ३६५ कायम रहेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९४१ डलर आसपास कारोबार भइरहेको छ।  

प्रकाशित मिति: १२:१७ बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्