Kathmandu Press

काठमाडौं महानगरमा विवेकशील साझाकाे उम्मेदवार : मेयरमा समीक्षा बास्काेटा, उपमेयरमा कीर्ति तुलाधर 

रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले काठमाडौं महानगरको मेयर र उपमेयर दुबै पदमा महिलालाई अघि सारेको छ।
काठमाडौं महानगरमा विवेकशील साझाकाे उम्मेदवार : मेयरमा समीक्षा बास्काेटा, उपमेयरमा कीर्ति तुलाधर 

काठमाडौं, चैत २८ : विवेकशील साझा पार्टीले काठमाडौं महानगरमा उम्मेदवारको टुंगो लगाएको छ। सोमबार बसेको विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठकले महानगरपालिकाको मेयर पदमा समीक्षा बास्कोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

रविन्द्र मिश्र नेतृत्वको पार्टीले महानगरका मेयर र उपमेयर दुबै पदमा महिलालाई उम्मेदवार बनाउने भएको हो। बैठकपछि जारी गरिएको विज्ञप्तिमा ‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ, राजधानीको गौरव पुनर्स्थापित गरौँ’ नाराका साथ दुईजना महिला उमेदवार अघि सार्ने निर्णय गरिएको जानकारी दिइएको छ। 

समिक्षा बास्कोटा विवेकशील साझा पार्टी, वागमती प्रदेशकी पूर्व संयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन्। ३८ वर्षीय बास्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमैं स्नातकोत्तर गरेकी छिन्। उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन्। २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन्।

कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन्। उनी नेपाल जेसीजको आजसम्मका तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक हुन्। उनी अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष हुन्। शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न संघ(संगठनको नेतृत्वदायी भूमिकामा रहेकी विवेकशील साझाले जानकारी दिएको छ। 

दुबै उमेदवारले आफ्नो संयुक्त घोषणापत्र छिटै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने विवेकशील साझाले जनाएको छ।  घोषणापत्र मूलतः ७ वटा बुँदाहरूमा केन्द्रीत हुने बताइएको छ।  भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवाप्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवाः कला(संस्कृतिको सम्वर्द्धन र पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तार, नदी(नालाको सफाई र पुनर्स्थापना, सफा र व्यवस्थित काठमाडौँ, र गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा लगायतका विष घोषणपत्रमा समावेश हुने बताइएको छ। 
 
बास्कोटा र तुलाधरको चुनावी अभियानको नेतृत्व पार्टीकी अर्की केन्द्रीय सदस्य तथा गत संघीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं ७ बाट सम्मानजनक मतका साथ तेस्रो स्थान हासिल गरेकी अनुपा श्रेष्ठले गर्नेछिन्।

विवेकशील साझा पार्टीले सम्पूर्ण महानगरवासीलाई यस पटक ‘एक मौका’ दिन आग्रह गरेको छ। साथै, देश(विदेशमा रहेका सम्पूर्ण शुभेच्छुकहरूलाई पनि हामी, सकेको नैतिक, भौतिक र आर्थिक सहयोग गर्न अपिल  गरेको छ। 

प्रकाशित मिति: ११:०३ बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्