निर्वाचन परिचालन तथा अनुगमन समितिले आज नेतृत्वलाई प्रतिवेदन बुझाउने
काठमाडौं, चैत २८ : सत्तारुढ गठबन्धन दलको स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समितिले आज पार्टीका शीर्ष नेतृत्वसमक्ष प्रतिवेदन बुझाउने भएको छ। कांग्रेस वरिष्ठ नेता...
काठमाडौं, चैत २८ : सत्तारुढ गठबन्धन दलको स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समितिले आज पार्टीका शीर्ष नेतृत्वसमक्ष प्रतिवेदन बुझाउने भएको छ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समितिले सबै स्थानीय तहको राजनीतिक अवस्थाबारे तयार पारेको सुझावसहितको प्रतिवेदन पार्टीका शीर्ष नेतृत्वलाई बुझाउन लागेको हो।
सत्तारुढ दलबीच स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति भएपछि पौडेलको नेतृत्वमा प्रत्येक दलबाट दुईदुई प्रतिनिधि रहनेगरी समिति गठन गरिएको थियो।
उक्त समितिले स्थानीय तहमा तालमेलको आवश्यकता र सम्भावनाका बारेमा अध्ययन गरेको थियो। देशभरका स्थानीय तहबाट आएका विवरणका आधारमा समितिले नेतृत्व तहलाई प्रतिवेदन बुझाउन लागेको हो।
सबै स्थानीय तहमा तालमेल गरेर जाने केन्द्रको निर्णयकै आधारमा विभिन्न जिल्लामा गठबन्धनको बैठकले वडा तहसम्मै तालमेल गरेर जाने निर्णय गरिसकेको छ।
समितिले प्रतिवेदन बुझाएपछि त्यसको अध्ययन गरेपछि स्थानीय तहको बाडफाड हुनेछ । त्यसपपछि गठबन्धनमा आवद्ध दलहरुले आफूले पाएको स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउनेछ।











