मालपोत कार्यालय जनकपुरका निमित्त प्रमुख ५ लाख घुससहित पक्राउ
काठमाडौं, चैत २८ : मालपोत कार्यालय जनकपुरका निमित्त प्रमुख सुनिल झा घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले झालाई सोमबार...
काठमाडौं, चैत २८ : मालपोत कार्यालय जनकपुरका निमित्त प्रमुख सुनिल झा घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले झालाई सोमबार घुस रकमसहित पक्राउ गरेको हो।
अख्तियारका अनुसार झाले जग्गासम्बन्धी काम मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोप छ। सोमबार उनलाई ५ लाख घुससहित रंगेहात पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ।
पक्राउ परेका झामाथि तप अनुसन्धान र मुचुल्का तयार गर्ने कार्य भइरहेको अख्तियारले जनाएको छ।
प्रकाशित मिति: १०:२५ बजे, सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











